नेपाल विद्यार्थी संघका विद्यार्थीले दूतावास अगाडि धर्ना र नाराबाजी

निरन्तर न्यूज
२२ कार्तिक २०७६, शुक्रबार १३:०६

काठमाडौं। ग्रेटर नेपाल अभियानसहित विभिन्न विद्यार्थी संगठनले शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि धर्ना दिएका छन्।

नेपाली भूमि मिचिएको विरोधमा धर्ना दिइएको अभियन्ता फणीन्द्र नेपालले बताएका छन्।

सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु, प्रतिपक्षी नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीले पनि दूतावासअगाडि धर्ना दिइरहेका छन् ।

उनीहरुले ‘गो ब्याक इन्डियाु, ‘जाली नक्सा खारेज गरु, ‘सीमा मिच्न पाइँदैनु, ‘ हाम्रो भूमि हाम्रो देश, प्राणभन्दा प्यारो छु जस्ता नारा लगाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*