‘विप्लव’ समूहका ललितपुर र भक्तपुर इञ्चार्ज पक्राउ

निरन्तर न्यूज
२२ कार्तिक २०७६, शुक्रबार १३:२१

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ललितपुर र भक्तपुर इञ्चार्ज पक्राउ परेका छन् । इञ्चार्ज टेकबहादुर केसी हिजो ९बिहीबार० साँझ भक्तपुरबाट पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ ।

भक्तपुरबाट पक्राउ गरिएका केसीलाई कहाँ राखिएको छ, प्रहरीले जानकारी दिएको छैन । केसी विप्लव समूहका निवर्तमान केन्द्रीय सदस्य हुन् ।

यसअघि दुई पटक विप्लव समूहका काठमाडौं उपत्यका इञ्चार्ज पक्राउ परिसकेका छन् । पछिल्लो समय विप्लवका कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*