हेटौँडाको हटियामा नवजात शिशुको शव फेला

निरन्तर न्यूज
२२ कार्तिक २०७६, शुक्रबार १५:५७

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १६ र वडा नं.१७ को सिमानामा पर्ने हटिया खमारेस्थित नवजात शिशुको शव फेला परेको छ ।
हटियाको खमारेस्थित सडक छेउ गाडेको अवस्थामा आज (शुक्रबार) नवजात शिशु (पुरुष) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त शव हाल हेटौँडा अस्पतालमा ल्याएको छ । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उक्त घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*