प्रहरीलाई घुस दिन खोज्ने राई पक्राउ

निरन्तर न्यूज
२२ कार्तिक २०७६, शुक्रबार १६:५०

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन ।

काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका २९ वर्षीय देवकुमार राई पक्राउ परेका हुन ।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको अवस्थामा उनलाई प्रहरीले फेला पारी कारवाही गर्ने क्रममा चालक राईले प्रहरीलाई उक्त नगद दिन खोजेपछि नगद सहित उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु