सुरक्षित नभएको भन्दै १० लाख कण्डम युगान्डाबाट फिर्ता

निरन्तर न्यूज
४ मंसिर २०७६, बुधबार १७:४९

एजेन्सी । परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरेका १० लाखभन्दा बढी कन्डम फिर्ता मगाइएको छ ।

मेरी टोप्सले वितरण गरेका ती कन्डम सुरक्षित नभएको भन्दै युगान्डाबाट फिर्ता मगाइएको हो । प्रयोगका लागि कन्डम असुरक्षित भएको पाइएपछि फिर्ता मगाइएको बीबीसीले जनाएको छ।

मेरी स्टोप्सले परीक्षणका क्रममा भारतमा बनेका लाइफ गार्ड ब्रान्डका कन्डम युगाण्डामा वितरण गर्दै आएको छ । वितरण गरिएका १० लाख कन्डममा प्वाल परेको र फुट्ने जोखिम देखिएको युगान्डाको राष्ट्रिय औषधि विभागले जनाएको छ ।

गुणस्तर परीक्षणमा लाइफ गार्डका कन्डम विफल भएको पाइएपछि उक्त कदम चालिएको हो ।

मेरी स्टोप्सले ३५ वटाभन्दा बढी मुलुकमा गर्भनिरोधक र परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। सोही क्रममा युगान्डामा समेत ‍कन्डम वितरण गर्दै आएको छ । मेरी स्टोप्सले युगान्डामा प्रतिमहिना १५ लाखदेखि २० लाखवटा सम्म कन्डम आपूर्ति गर्ने गरेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युगान्डामा करिब ६ प्रतिशत वयस्क एचआईभी एड्सबाट प्रभावित छन्। युगान्डामा ११ प्रतिशतले मात्रै योजना बनाएर गर्भाधारण गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*