हदबन्दी जग्गा जोगाइदिन ऐन

काठमाडौँ, २६ भदौ । उद्योग व्यवसायका नाममा जग्गा लुकाई हदबन्दी छल्दै आएका केही प्रभावशाली व्यक्ति राजनीतिक पहुँचका बलमा कानुनै बनाएर आफू ‘सुरक्षित’ हुन लागिपरेका छन् । विगतमा कर्मचारीतन्त्रले उनीहरूको प्रयासलाई असफल तुल्याउँदै आएपछि सरकारले कानुन संशोधन गरी जग्गा सुरक्षित बनाउ लागेको हो । तत्कालीन भूमिसुधारमन्त्री रामकुमार सुब्बाको पालामा मन्त्रिपरिषद्बाट निर्णय गराउने उनीहरूको प्रयासमा मुख्यसचिव र सचिवहरूले असहयोग गरेका थिए । यसपालि भने हदबन्दी छल्दै आएका प्रभावशाली व्यक्तिहरूले सत्तारूढ दलका नेतृत्वलाई प्रभावित तुल्याई प्रतिनिधिसभाबाट ऐन पारित गराउन सफल भएका छन् । भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई हाल राष्ट्रियसभामा विचाराधीन छ...