आमा छोराको मृत्यु प्रकरण : प्राधिकरणले स्विकार्यो गल्ति

हेटौँडा । हेटौँडा–१७ राजदेवीमा करेन्ट लागेर आमा छोराको मृत्यु भएको घटनामा नेपाल विद्युत प्राधिकरणले आफ्नो गल्ति स्विकारेको छ । घटनापछि मृतकको शव बुझ्न अस्विकार गरेका स्थानीय, आफन्त र प्राधिकरणबीच भएको छलफलमा प्राधिकरणले आफ्नो गल्तिका कारण मृत्यु भएको स्विकारेको मृतकका आफन्त कृष्णप्रसाद पराजुलीले प्रष्टखबरलाई जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्राधिकरणले गल्ति स्विकार्दै प्रचलित कानून अनुसार राहत उपलव्ध उपलग्ध गराउने, किरिया खर्च उपलव्ध गराउने लगायतका सहमति भएको छ । प्राधिकरणले आगामी दिनमा यस्तो गल्ति नदोहोरिने प्रतिवद्धता समेत गरेको छ । यस्तो भएको थियो घटना गत शनिबार दिउँसो पानी परिरहेको अवस्थामा सिंचाईका लागि लागेको थ्रि फेज...