‘ऊनको स्वीटर’को ‘मखमली’ गीत दर्शकमाझ लोकप्रिय बन्दै

काठमाण्डाैँ । बिहीबार साँझ युट्युबमा सार्वजनिक भएको फिल्म ‘ऊनको स्वीटर’को ‘मखमली’ गीत दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । युट्युब रिलिजको २४ घण्टामा ६ लाख बढी भ्यूज प्राप्त गरिसकेको गीतमा हजारौं टिकटक, रिल्स र सर्ट्स बनेका छन् । नेपालसहित ६ वटा देशमा गीत युट्युब ट्रेन्डिङमा समेत परेको छ । यतिबेला यो गीत म्यूजिकतर्फ नेपालको युट्युब ट्रेन्डिङको चौथो स्थानमा छ । त्यसैगरी, माल्टामा पहिलो, कतारमा दोस्रो, युएईमा नवौँ, कुवेतमा तेह्रौँ र अस्ट्रेलियामा सत्ताइसौं स्थानमा रहेको छ । गायक सुजन चापागाईंको जादुयी स्वरका कारण गीतप्रति दर्शक आकर्षित भएको देखिन्छ । उनी अहिलेका बहुचर्चित गायक हुन् । उनका हरेक गीत युवापुस्ताको मुखमा झुण्डिएको...