बागमती विश्वविद्यालयको डिनमा डा. विश्वकर्मा
हेटाैँडा । बागमती प्रदेश विश्वविद्यालयको कानुन तथा व्यवस्थापन संकायको डिनमा डा. गंगाराम विश्वकर्मा नियुक्त भएका छन्। डिन सिफारिस समितिको सिफारिसमा बुधबार विश्वविद्यालयको बोर्ड अफ ट्रस्टका अध्यक्षले डा. विश्वकर्मालाई कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गरेका हुन्। उनलाई तत्काल लागू हुने गरी नियुक्त गरेको विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले जानकारी दिए। व्यवस्थापन र कानुन संकायको शैक्षिक कार्यक्रम, अनुसन्धान पहल र प्रशासनिक कार्यहरुको निरीक्षण गर्ने गरी उनको जिम्मेवारी तोकिएको डा. सुवेदीले बताए। उनको भूमिका शिक्षाको गुणस्तर बढाउने, नवप्रवर्तन, अनुसन्धानलाई बढावा दिने र संकायभित्र सामुदायिक संलग्नतालाई सुदृढ गर्ने हुनेछ। विश्वविद्यालयले गत फागुन ११ मा डिन नियुक्तिका लागि सार्वजनिक सूचना आह्वान गरेको थियो।...