रोल्पामा जिप दुर्घटना : मृतक सबैको सनाखत
दाङ- रोल्पामा बिहीबार जिप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन्। त्यसैगरी दाङको घोराही उपमहानगर–१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, सात वर्षीय संयोग जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर...



















