वर्षौंदेखि बन्द हेटौंडा कपडा उद्योगमा फेरि चल्न थाले तान
हेटौंडा । करिब २६ वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् । उद्योगमा रहेका पुराना मेसिन मर्मतसम्भार गरी शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले सामाजिक सञ्जालमार्फत हेटौंडा कपडा उद्योगमा पुनः उत्पादन सुरु भएको जानकारी दिएका हुन् । उनका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा उपकरणहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन थालिएको हो । परियारले उद्योगमा लामो समयदेखि बन्द अवस्थामा रहेका मेसिनहरूलाई सम्भव भएसम्म मर्मत गरी पुनः सञ्चालनमा ल्याउने प्रयास गरिएको उल्लेख गरेका छन् । पुरानो प्रविधि र...



















