सन्चारिका समूह मकवानपुरकाे ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ मा साम्बालाई सम्मान

हेटौंडा  । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरण बहादुर जोशीले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई सम्मान गर्नका लागि नगद प्रायोजन गर्ने भएका छन् । संचालक जोशीले यही साउन १७ गते सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा सहभागी हुन आउने साम्बालाई सम्मान गर्नका लागि नगद ५० हजार रुपैयाँ प्रायोजन गर्ने भएका हुन् । संचालक जोशीले आफु सँधैं महिला सशत्तिकरणको पक्षमा रहेको बताउँदै सञ्चारिका समुह मकवापुरलाई पहिलो पटक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । ‘पहिलो पटक महिला पत्रकारले सहयोग मागेको छ । म...