रामबहादुर बम्जनलाई सफाइ

काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा उच्च अदालत जनकपुरले रामबहादुर बम्जनलाई सफाइ दिएको छ । न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिने फैसला गरेको हो । फैसलाको पूर्णपाठ समेत सार्वजनिक भइसकेको छ । न्यायाधीशद्वय भट्ट र भण्डारीको इजलासले गत चैत ६ गते नै रामबहादुरसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै उनी सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन् । ‘त्यही दिन राति उच्च अदालत जनकपुरको फैसलाको पत्र प्राप्त भएको थियो । भोलिपल्ट चैत ७ गते बिहानै छाडेका थियौं,’ सिन्धुपाल्चोक कारागारका निमित्त निमित्त कारागार प्रमुख...