मकवानपुरकाे निर्वाचनमा ४ हजार सुरक्षाकर्मी परिचालन हुने
हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा करिब २ हजार २ सय जना निर्वाचन प्रहरी (म्यादी) खटाइने तयारी गरिएको छ। यद्यपि, जिल्लामा कति जना जनपथ प्रहरी परिचालन गरिन्छ भन्ने विषयमा हालसम्म एकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । खत्रीका अनुसार हाल जनपथ प्रहरी आउने–जाने क्रम जारी रहेकाले संख्या अन्तिम टुंगोमा पुग्न बाँकी छ। “काजमा मकवानपुरमा रहेका...



















