अनियमित महिनावारीले ल्याउन सक्छ स्वास्थ्य जटिलता
काठमाडौं- सामान्यतयाः महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ। यदि कुनै महिलामा पछिल्लोपटक महिनावारी भएको ६ सातादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी संज्ञा दिइन्छ। हरेक महिलामा यो चक्र दोहोरिन्छ भन्न सकिँदैन। विभिन्न कारणले महिलाहरूमा अनियमित महिनावारी हुने गर्छ। कोही महिला ३-४ महिनाको फरकमा महिनावारी हुन्छन् भने कसै-कसैमा वर्षदिनभन्दा बढी भइसक्दा पनि महिनावारी भएको पाइँदैन। अनियमित महिनावारी जुनसुकै उमेर समूहका महिलाहरूमा पनि हुन सक्छ। किशोरावस्थाबाटै पनि महिलामा अनियमित महिनावारी हुन सक्छ। शरीरमा हार्मोनको सन्तुलन नमिलेकै कारण किशोरावस्था भएका महिलामा अनियमित महिनावारीको समस्या देखापर्न थाल्छ। महिनावारी अनियमिता आएमा हेलचेक्र्याइँ गरेर बस्नु हुँदैन। महिनावारी...