माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म एक महिना निषेधित क्षेत्र घोषणा
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार आदेश जारी गर्दै यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा लगायतका आन्दोलन तथा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले पद्मोदय मोडदेखि सिंहदरवारको पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यो क्षेत्रमा मंसीर ४ देखि ३० गतेसम्म प्रदर्शन गर्न पाइने छैन। शान्ति, सुरक्षा तथा सर्वसाधारण नागरिकको सेवा प्रवाहलाई ध्यानमा राखेर आदेश जारी गरिएको...