चाउमिन धेरै खाँदा के कस्ता समस्या आउँछ ?
काठमाडौं । चाउमिन नेपाली समाजमा सबैभन्दा धेरै रुचाइने खानेकुरा हो । बजारमा जताततै पाइने भएकाले बालबालिका, किशोरकिशोरी र युवापुस्तामा यसको क्रेज धेरै पाइन्छ । चाँडै तयार हुने, सस्तो र स्वादिलो पनि भएकाले सडकमा राखिएको ठेलादेखि ठूला रेस्टुरेन्टसम्म चाउमिन पाइन्छ । तर, स्वादको लोभमा धेरै चाउमिन खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम पनि धेरै हुन्छ । जानकारहरुका अनुसार धेरै चाउमिन खाँदा पाचनसम्बन्धी धेरै किसिमका समस्या देखा पर्छन । त्यसबाहेक धेरै चाउमिन खाँदा दीर्घकालीन रोगहरू पनि लाग्न सक्छ । आज हामी चाउमिनमा हुने कस्ता तत्वले कस्तो रोग निम्त्याउँछन् भन्नेबारे जानकारी दिनेछौँ । १. अजिनोमोटो अर्थात् मोनोसोडियम ग्लुटामेट मोनोसोडियम...