हेटौँडामा सडक खाना महोत्सव यस वर्षपनि निरन्तर

हेटौँडा । “सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजना हुदै आएको सडक खाना महोत्सव यस बर्ष पनि हुने भएको छ । यही पुस १३ गतेदेखि १६ गते सम्म १२ औँ सडक खाना महोत्सव हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । महोत्सवको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दिलिस गोविन्द जोशीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताएका छन् । गत बर्ष झै यस बर्ष पनि महोत्सव हेटौँडा ४ हुप्रचौरको खेलमैदानदेखि पूर्वतर्फको उत्तर–दक्षिण सडक क्षेत्रमा आयोजना गरिने पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवको...