निकारागुवाकी सुन्दरी सेनिस पलासियोस बनिन् मिस युनिभर्स
काठमाडौं । यस वर्षको मिस युनिभर्स प्रतियोगितामा निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जितेकी छन् । नेपालकी प्रतिस्पर्धी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन् । ९० वटा देशले भाग लिएको मिस युनिभर्सको ७२ संस्करणमा मिस निकारागुवा पलासियोले बाजी मारेकी हुन् । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो पहिलो पटक हो । थाइल्यान्डकी सुन्दरी दोस्रो र अष्ट्रेलियाकी सुन्दरी तेस्रो भईन् । ‘यदि तपाईँ एक वर्ष अर्को कुनै महिलाको रूपमा बाँच्न सक्नुहुन्छ भने कसलाई र किन रोज्नुहुन्छ ? ’भन्ने मिस युनिभर्सको फाइनलमा सोधिएको अन्तिम प्रश्नको जवाफले निकारागुवाकी सुन्दरीलाई मिस यूनिभर्स बनायो । अष्ट्रेलियाकी सुन्दरीले आफ्नी आमाको भूमिकामा बाँच्न...