भीएआर प्रोटोकल उल्लंघन हुँदा इजिप्ट बाहिरियो : भीएआर विशेषज्ञ

काठमाडौं । अर्जेन्टिनाविरुद्धको खेलमा इजिप्टले २–० को अग्रता लिन सक्ने गोल भीएआरमार्फत रद्द गरिएपछि सुरु भएको विवादमा मेक्सिकन रेफ्री फर्नान्डो गुरेरोले रेफ्री टोलीको निर्णयमाथि गम्भीर प्रश्न उठाएका छन् । उनका अनुसार फ्रान्सेली रेफ्री टोलीले भीएआर प्रोटोकल सही रूपमा लागु नगर्दा गलत निर्णय भएको थियो । फर्नान्डो गुरेरो अन्तर्राष्ट्रिय फुटबलका अनुभवी रेफ्री तथा भीएआर विशेषज्ञ हुन् । सन् २०२२ को फिफा विश्वकप फाइनलमा उनी सपोर्ट भीएआरको भूमिकामा थिए । कतार विश्वकपमा उनले विभिन्न भूमिकामा ११ वटा खेलमा भीएआर अफिसियलका रूपमा काम गरेका थिए । उनले डेनमार्क–ट्युनिसिया, बेल्जियम–मोरक्को र जापान–स्पेनबीचका खेलमा मुख्य भीएआरको जिम्मेवारी सम्हालेका थिए । त्यसबाहेक...