सिटी कलेज र जेनिथ विद्यालयको आयोजनामा ई–स्पोर्ट्स प्रतियोगिता
मकवानपुर । हेटौंडामा साउन ७ गतेदेखि दोस्रो संस्करणको ई–स्पोर्ट्स एरिना प्रतियोगिता हुने भएको छ । हेटौंडा सिटी कलेज र जेनिथ इन्टरनेशनल विद्यालयको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले प्रतियोगितामा सहभागी हुनका लागि कम्तीमा १६ वर्ष उमेर पुगेको र एसईई परीक्षा दिइसकेको हुनुपर्ने बताए । प्रतियोगितामा फ्री फायर, पब्जी र ई–फुटबल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। फ्री फायरमा ३६ स्लट, पब्जीमा १२ स्लट र ई–फुटबलमा ४० स्लट रहनेछ। पब्जी र फ्री फायरमा हरेक टोलीमा एक जना ब्याकअपसहित ५ जना खेलाडी रहनेछ भने प्रतियोगितामा...