राप्तीपुलमा बसकाे ठक्करले एककाे मृत्यू, भिमफेदीमा ट्रयाक्टर पल्टिदा बस्नेतकाे ज्यान गयाे

हेटौंडा। मकवानपुरको जिल्लाकाे भीमफेदी गाउँपालिका वार्ड नम्बर ६ माण्डुमा भएको ट्रयाक्टर दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुलेकाे छ साथै हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १० राप्ती पुल नजिकै बसको ठक्करबाट मुत्यु भएकाकाे पनि पहिचान खुलेकाे प्रहरीले जनाएकाे छ । बिहिबार बिहान  भिमफेदी गाउँपालिकाकाे माण्डु नजिककाे सडकमा  ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर पल्टिदा चालकसहित ४ जना घाइते भएका घाइते भएका मध्य एक जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको थियो। मुत्यु हुनेमा भिमफेदी ३ का उमेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यसैगरी  ट्रयाक्टर पल्टिदा घाइते हुनेमा भिमफेदी ३ बस्ने १८ बर्षीय दुर्गा कार्की, २०...