एकता टोलविकासको १९ औँ साधारण सभा सम्पन्न
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर २ क्याम्पस चोकमा रहेको एकता टोल विकास संस्थाको १९औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा हेटौँडा उपमहानगरपालिका वार्ड नं २ का वडा सदस्य रेणु गुरुङले टोल विकास संस्थाले बचत सँगसँगै आय आर्जन तथा संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धितर्फ लाग्नु पर्ने धारण राख्नुभयो । कार्यक्रमको प्रमुख अतिथि गुरुङले वडाभरिकै टोल विकास संस्थाहरु मिलेर सहकारीको अवधारणामा जान लागिरहेको अवस्थामा एकता टोलविकास संस्थापनि सहभागि भएर अगाडी बढ्न आग्रह गर्नुभयो । वडा कार्यालय महिला, बालवालिका, ज्येष्ठ नागरिकहरुको पक्षमा काम गर्न सदैव तयार रहेको समेत वहाँले बताउनुभयो । संस्थाकी अध्यक्ष शारदा ढोडारीको सभाध्यक्षतामा भएको...













