एक बृद्धाको शव फेला

हेटौंडा । मकवानपुरकाे हेटौँडा स्थित राप्ती पुलको मुनी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ घर भएकी ९० बर्षीया बृद्धा सानुमाया बलको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शव दिउँसो साढे १ बजे तिर फेला बताएकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार आँखा कम देख्ने भएकोले गर्दा बृद्धाको मृत्यु खोलाले बगाएर हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको बताए । घटनाबारे थप अनुसन्धान समेत भईरहेको भट्टराईले बताए ।