ओली सरकारकाे तीन वर्ष : अलपत्र आश्वासन, भद्रगोल शासन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन् । पत्रकार सम्मेलनमा उनले बितेका तीन वर्षमा सरकारले प्राप्त गर्नुभएका उपलब्धिबारे जानकारी दिने बताइएको छ । दुई तिहाई बहुमतले बनेको नेकपाको सरकार अहिले काम चलाउ जस्तै बनेको छ । पार्टी विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी आलोचना भइरहेको छ भने सर्वोच्च अदालतमा संसद...