केपी ओलीले नियतबस नै संविधानमाथि आक्रमण गरे : मुनु सिग्देल
हेटाैँडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड-माधव समुह) बागमती गाउँपालिकाकाे वार्ड नम्बर -३ गढनमा वडा स्तरीय अगुवा नेता तथा कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् उक्त पार्टीका जिल्ला अध्यक्ष मुनु सिग्देलको प्रधानमन्त्री केपी ओलीले नियतबस नै संविधानमाथि आक्रमण गरेको बताउनुभयाे । बागमती प्रदेश सभा सदस्य समेत रहेकी नेतृ सिग्देलले जनताको समृद्धिको सपनामाथि धोका दिएर उल्टाे जनताका शत्रुहरुलाई खुशी पारेको आराेप लगाउनुभयाे । नेतृ सिग्देलले आफ्नो पद स्वार्थका निमित्त केपी ओलीले पार्टी र प्रतिनिधिसभालाई दाउमा राखेको भन्दै ओली कम्युनिस्ट पार्टी भित्रको ऐंजुरी भएकाेले अब उहाँको यात्रा सन्ध्या तिवारीको बाटो बाहेक अरु...


















