नेकपा संकटमा छ, सामान्य स्थितिमा छैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेकपा संकटमा रहेको र सामान्य स्थितिमा नभएको स्पष्ट पारेका छन् । पार्टीभित्र देखिएको गुटगत गतिविधि र विचारहरुले पार्टीलाई संकटतर्फ धकेलिरहेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टी संकटमा रहे पनि विभाजन हुनबाट जोगाउन अन्तिमसम्म प्रयास गरिरहने बताएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विभाजन हुन नदिएर एकताबद्ध राख्ने प्रतिवद्धता जनाएका हुन् । केहि दिनअघि नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले ‘जवज’ स्वीकार गरे महाधिवेशनपछि एकल अध्यक्ष दिन सकिने अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले अहिले पार्टीको एउटा...