तथ्यहीन रिपाेर्ट प्रशारण गर्ने माउन्टेन टेलिभिजनलाई कारवाहीकाे माग गर्दै प्रेस काउन्सीलमा उजुरी

काठमाण्डाैँ । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईकाे मानमर्दन भएकाे भन्दै माउन्टेन टेलिभजन विरुद्ध प्रेस काउन्सिलमा उजुरी गरिएकाे छ । माउन्टेन टेलिभिजनमा २०७७ असार ३१ गते राजनितिक ब्यूराेकाे नाममा प्रशारित रिपाेर्टमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भारतकाे प्रबक्ता लगायतका अत्यन्त आपत्तीजनकक शब्दहरुकाे प्रयाेग गरिएकाेमा गम्भीर ध्यानकर्षण भएकाे कारवाही गरिपाउँ भन्ने निवेदनमा उल्लेख गरिएकाे छ । ‘समाचार रिपाेर्ट बनाउँदा पालना गर्नुपर्ने  पत्रकारीताकाे न्यूनतम र आधारभुत सिद्धान्त तथा आचारसंहिता समेतकाे पालना नगरि बनाइएकाे उक्त रिपाेर्ट अत्यन्त आपत्तीजनक छ ‘ भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले काउन्सिलमा दिएकाे निवेदनमा उल्लेख गरिएकाे छ । पूर्पप्रधानमन्त्री भट्टराईकाे अपमान र...