विहानै देखि ओली निकट नेताहरुसँग छलफलमा जुटे प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले दिएको बयानका कारण पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खैलाबैलाको स्थिति रहेको छ । पार्टी अध्यक्ष समेत रहेका ओलीले आफ्नै पार्टीभित्रका शिर्ष नेताहरुले आफुलाई हटाउन खेल सुरु गरेको आरोप लगाएपछि पार्टी भित्र रडाको मच्चिएको हो । उता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली निकटका नेताहरुसँग छलफल र परामर्शमा जुटेका छन् । उनले ओलीको राजीनामा खुलेरै मागेपछि पार्टीभित्र गुटगत वार्ता र छलफलले तीब्रता पाएको हो । आज बिहानैदेखि प्रचण्ड निवास खुमलटारमा ओली निकट नेताहरुसँग उनी छलफलमा जुटेका छन् । बुधबार बिहान ओलीले आफ्ना निकट मानिएका नेता र मन्त्रीहरुसँग छलफल गरेका थिए...


















