गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस मनाईयो
हेटौंडा।नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस शुक्रबार बिविध कार्यक्रम गरी मनाएको छ । कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको स्मृतिसभा कांग्रेस मकवानपुर कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको थियो । स्मृति सभामा बोल्दै कार्यबहाक सभापति लामिछानेले २०४७ सालको आन्दोलन, २०६२र०६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण गर्दै १२ बुँदे सम्झौता, संघिय लोकतान्त्रिक गणतन्त्रमा देशलाई पुर्याउने लगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको...



















