भक्तपुरमा उपनिर्वाचन : नेकपालाई उम्मेदवार छान्न सकस, कांग्रेसले नाम सिफारिश गर्‍यो

भक्तपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ ९क० को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पुर्‍याउन नसकेपछि समस्या आएको हो । नेकपा सचिवालयले उपनिर्वाचनका लागि सकेसम्म एक र बढीमा तीन जनाको नाम कात्तिक १० गतेभित्र पठाउन भने पनि १८ जनाको नाम जिल्ला कमिटीमा आएपछि नाम छनोट गर्न सकस परेको नेकपाका नेता...