सीको नेपाल सन्देश र हाम्रो रणनीति

चीनमा माओ र देङपछिका सबैभन्दा शक्तिशाली राष्ट्रपति सी जिनपिङको २३ वर्षपछि नेपाल भ्रमण भएको छ । यो अत्यन्त महत्वको परिघटना हो । यसलाई सबैतिरबाट स्वागत भएको छ र त्यसो गर्नु पनि पर्छ । खासगरी २१औँ शताब्दीलाई एसियाको शताब्दी भनिँदै छ र त्यसको नेतृत्व विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा अगाडि बढेको चीनले गर्ने स्वतः सिद्ध छ । चीनले पनि घोषित रूपमै चीनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष अर्थात् सन् २०२१ सम्ममा गरिबी निवारण गरिसक्ने र चिनिया“ क्रान्ति सम्पन्न भएको एक सय वर्ष पुग्ने सन् २०४९ सम्ममा विश्वको प्रमुख शक्ति बन्ने लक्ष्य अर्थात् सपना किटान गरिसकेको छ । एसियन शताब्दीको निम्ति...