दबाब थेग्‍न नसकेपछि उपसभामुख राजीनामा दिने तयारीमा

काठमाडौं । पार्टीका शीर्ष नेताहरुले चर्को दबाब दिएपछि अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । नेकपाको सचिवालय बैठकले शनिबार औपचारिक रुपमा तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । उनले राजीनामा नदिएकै कारण सभामुखको उम्मेदवार छनोट गर्न नसकिएको निष्कर्ष निकाल्दै तत्काल राजीनामा गर्न उनलाई भनेको थियो । सोहि निर्देशनबमोजिम उनले राजीनामा गर्ने मनस्थिति बनाएकी हुन् । यद्यपी उक्त निर्देशन औपचारिक रुपमा तुम्बाहाङ्फेसम्म नपुगेको उनको सचिवालयले जनाएको छ। पत्र आएपछि थप प्रक्रिया अघि बढाउने तयारी भएको छ । उपसभामुखले पत्रकार सम्मेलन गरेर राजीनामा गर्नुपर्ने अवस्थाबारे पत्रकार सम्मेलनकै आयोजना जानकारी गराउने मनस्थिती बनाएको स्रोतले...