ऐनकाे अधिकार प्रयाेग गरेर नदिजन्य श्राेतकाे जिम्मा स्थानीय तहलाई प्रदान
हेटाैँडा । विगत केही समय अघिबाट नदीजन्य श्राेतबाट आएका सामग्रीहरुकाे व्यवस्थापनमा निकै समस्या र द्वीविधा देखिएकाे क्रसर उद्याेग खाेल्ने र बन्द हुने नियमकाे शिलशिला चलिरहँदा अवकाे उक्त व्यवस्थापनकाे जिम्मा स्थानीय तहलाई प्रदान गरिएको छ । बुधबार बसेको ढुंगा, गीट्टी बालुवा अनुगमन तथा समन्वय समितिको बैठकले नदि जन्य पदार्थको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधन २०७५) मा गाउँपालिका तथा नगरपालिकाको अधिकार सम्वन्धी व्यवस्था गरेको दफा ११ को उपदफा ५ (घ) अनुसार जिम्मेवारी प्रदान गरिएको हो । नेपाल सरकारले विभिन्न समयमा गरेका निर्णय कार्यान्वययन हुन नसक्दा तथा हाल सम्म पनि...