समाजवादीका अध्यक्षहरु `प्रेस नेपाल´ घोषणा गर्दै
काठमाडौं । समाजवादी पार्टीले आगामी शनिबार काठमाडाैंमा एक कार्यक्रमको आयोजना गरी आफूनिकट पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’को घोषणा गर्ने तयारी गरेको छ । जसमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् । उक्त पार्टीको ‘नेपाल बौद्धिक पेसाकर्मी महासंघ’को औपचारिक घोषणा गर्ने र प्रेस नेपाललाई महासंघ अन्तर्गत नै राखिएको छ । समाजवादीका केन्द्रीय सदस्य तथा महासंघका सहइन्चार्ज पूर्ण बस्नेतका अनुसार महासंघ अन्तर्गतका १० मध्ये शनिबार सात वटा संगठनको नयाँ समिति घोषणा गरिने छ । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि समायोजन गरी...
















