प्रचण्ड र चीनका विदेशमन्त्रीसँग गरिएको संवादबारे अमेरिकाले लियाे चासो
इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका विदेशमन्त्रीसँग गरिएको संवादबारे अमेरिकाले चासो देखाएपछि आफ्नो धारणा सार्वजनिक गरेका छन् । शनिबार इलाममा स्थानीय पत्रकारहरुसँग संवाद गर्दै उनले नेपाल विश्वका कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारे । केही दिनअघि चिनियाँ विदेशमन्त्रीको भेटमा आफूले अमेरिकाको नेतृत्वमा सञ्चालित इन्डो प्यासिफिक सैन्य गठबन्धनबारे दिएको अभिव्यक्तिको सन्दर्भमा जवाफ दिँदै उनले भने, ‘हामी असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिमा प्रतिवद्ध छौँ । यही नीति हाम्रो मान्यता र सिद्धान्त हो ।’ उनले अगाडि थपे, ‘हाम्रो विदेश नीति अनुसार हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सहभागी हुँदैनौं । हामी...