नेपाल विदेशीको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतवार सम्पन्न म्यान्मा गणतन्त्र संघको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै पनि देशले दबाब नदिएको बताए । हालै चीनका राष्ट्रपति शी चिनफिङले गरेको नेपालको राजकीय भ्रमणका बेला चीनसँग प्रत्यर्पण सन्धि बाह्य दबाबका कारण हुन नसकेको भन्ने जिज्ञासा र छापाहरूमा सार्वजनिक भएका टीकाटिप्पणीबारे प्रष्ट पार्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल दबाब र प्रभावमुक्त रहेको बताए । ‘अन्तरदेशीय आपराधिक गतिविधि बढेका...


















