उपप्रधानमन्त्री यादव नेतृत्वको टोलीद्वारा बाढी पीडित क्षेत्रको निरीक्षण
साउन १, जनकपुरधाम । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको उच्च स्तरीय टोलीले आज प्रदेश नं. २ को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । आज विहान सेनाको हेलिकप्टरले प्रदेश २ को निरीक्षणमा निस्केको उक्त टोलीले रौतहट, सर्लाही, महोत्तरी, सप्तरी तथा सिरहाको स्थलगत निरीक्षण गर्दै प्रदेशको राजधानी जनकपुर पुगेको थियो । उक्त टोलीले बाढीबाट उत्पन्न परिस्थिति, राहत तथा उद्धारको अवस्था र दिर्घकालिन व्यवस्थापनका सम्बन्धमा प्रदेश सरकारसँग जानकारी समेत लिएकाे थियाे । बाढीको अवस्था र राहत तथा उद्धारबारे टोलीलाई जानकारी गराउनु हुँदै २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढी आए लगतै प्रदेश सरकारले राहत तथा...