समाजवादी पार्टीकाे गाेरखामा समायाेजन सम्पन्न, ७५ सदस्यीय कमिटि निर्माण

गाेरखा । समाजवादी पार्टी नेपालले  आफ्नाे समायाेजन कार्यक्रमलाई तिब्रता दिने क्रममा गाेरखामा पनि जिल्ला समिति घाेषणा गरेकाे छ । पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहित बरिष्ठ नेता अशाेक राईकाे उपस्थितिमा  शनिवार एक कार्यक्रमकाे आयाेजना गरि नयाँ शक्ति पार्टी र संघिय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टीले  ७५ सदस्यिय जिल्ला समिति घोषणा गरेको छ । पार्टीका केन्द्रिय सदस्य गोपालबाबु श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले जिल्ला समितिका पदाधिकारी टुंगो लगाएको थियाे । नारायण खत्रीकाे अध्यक्षतामा बनेकाे समितमा उपाध्यक्ष शुकदेव तामाङ, राजेन्द्र पराजुली र शान्ता न्यौपाने रहेका छन् । त्यस्तै सचिव विपिनचन्द्र ढकाल, सहसचिव तेजबहादुर गुरुङ र...