नेकपा मकवानपुरको ४८ सदस्यीय जिल्ला सचिवालय चयन

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज बसेको जिल्ला कमिटी बैठकले ४८ जनाको जिल्ला सचिवालय तोकेको छ । तत्कालिन माओबादी र तत्कालिन एमालेमा रहेका सचिवालय सदस्यलाई घटाएर ४८ सदस्य बनाइएको बैठकमा सहभागि नेकपाका एक नेताले बताए । ४८ सदस्यीय जिल्ला सचिवालयमा २६ जना तत्कालिन एमाले र २२ जना तत्कालिन माओबादीका तर्फबाट तोकिएको समेत नेताले बताए ।स्थानीय तहमा कमिटि निर्माण गर्न एक महिनाको समय तोकेको छ । तत्कालिन एमालेमा ३४ जनाको जिल्ला सचिवालय सदस्य रहेको थियो । यता माओबादीमा भने ३३ जनाको जिल्ला सचिवालय रहेको थियो । दुबै तर्फबाट आफ्ना सचिवालय सदस्य घटाएर आज निर्णय गरिएको...