मुख्यमन्त्रीलाई आफूहरुको ज्ञानसीप प्रयोग गर्न अनुरोध

हेटौँडा । उद्यमशीलता विकास सहजकर्ता संघले आज हेटौंडामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई विभिन्न माग राखी ज्ञापन पत्र दिएको छ । विभिन्न गैरसरकारी संस्था, निजी संस्थाहरुमा उद्यमशीलता विकासमा विभिन्न सीपमूलक तालिम दिदै आएका सहजकर्ताहरु विगत केही समयदेखि बेरोजगार समेत रहेको अवस्थामा उद्योग मन्त्रालय मार्फत स्थानीय निकायमा आफूहरुको ज्ञानसीपलाई प्रयोग गर्न आग्रह गरेका छन् । संघका अध्यक्ष देवकी घिमिरेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा देशको समृद्धिका लागि युवाहरुले सीपमूलक शिक्षा लिई स्वरोजगार हुनु आवश्यकता रहेकाले यस तर्फ सरोकारवाला निकायले ध्यान दिन आग्रह गरिएको छ । संघले आफूहरु स्थानीय वेरोजगार यूवाहरुलाई उद्यमशीलता विकास तालिम दिन इच्छुक रहेको र यसका...