एकतापछि धनकुटामा समाजवादी पार्टी गठन

धनकुटा । समाजवादी पार्टी नेपालले देशैभर एकता प्रक्रियालाई प्रदेश हुँदै जिल्ला र स्थानीय तहसम्म  लैजाने क्रमलाई तीब्रता दिइरहेकाे छ । यसै क्रममा धनकुटा जिल्लामा पनि एकता तथा समायोजन कार्यक्रम सम्पन्न भएकाे  छ । भेलाले बलबहादुर राईकाे अध्यक्षतामा ७५ सदस्यीय समाजवादी पार्टी नेपाल, धनकुटा जिल्ला कमिटि गठन गरेकाे छ । नवगठित पार्टीकाे उपाध्यक्षहरुमा बिकास घिमिरे , नगेन्द्र देवान , पार्बती राई  रहेका छन् । त्यस्तै सचिव श्रीराम रायमाझी , सह-सचिब डम्मर कटुवाल र कोषाध्यक्ष सरोज आठपहरिया रहेका छन् । अर्जुन थापाको प्रमुख आतिथ्य तथा बलबहादुर राइको सभाध्यक्षतामा भएकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७० जना समाजवादी पार्टीमा...