मन्त्री दुलालको ४ कार्यालयमा आकस्मिक रेड, कर्मचारीको अनुशासन र जवाफदेहितामा फोकस

साउन २, हेटौंडा । ३ नम्बर प्रदेशका का सामाजिक बिकास मन्त्री युवराज दुलालले आज आकस्मिक रुपमा आफ्ना मातहतका ४ वटा कार्यालयको रेड गर्नुभएको छ । सामाजिक बिकास मन्त्रालय अन्तरगतको शिक्षा र स्वास्थ्य कार्यालयमा रेड गर्दा कार्यालय नआउने कर्मचारीको हाजिरीमा मन्त्रि दुलालले रातो चिन्ह लगाइ दिनुभएको छ । रेडको क्रममा धेरैजसो सरकारी कार्यालयमा कर्मचारीको हाजिर थियो र केही कार्यालयमा भने थोरै कर्मचारी हाजिर भएका थिए । आज बिहान १० बजेर १५ मिनेटमा प्रदेश शिक्षा निर्देशनालयमा मन्त्री दुलालले रेड गर्दा दुईजना कार्यालय सहयोगी, एक जना अधिकृत मात्र भेट्नुभयो । त्यसैगरी मन्त्री दुलालले ११ बजे नारायणी अंचल आयुरबेदीक औषधालय,...