सिंहदरबार आयो तर रित्तो आयो : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सिंहदरबार प्रदेश तह हुँदै स्थानीय तहसम्म आइपुगेको पनि रित्तो आएको बताउनु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको स्थानीय तह समन्वय बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले श्रोत, साधन तथा जनशक्ति विनाको सिंहदरबार आएको भन्दै उनले प्रदेश लोकसेवा आयोगले १ वर्षभित्र कर्मचारी नियुक्त गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । जिल्ला समन्वय समितिको सक्रियता र क्रियाशिलताको कारण जिल्लाका १० वटै स्थानीय निकायमा बन्ने योजना, निर्माण लगायतका विकासका पूर्वाधारमा एकरुपता ल्याउनको लागि भूमिका रहने मुख्यमन्त्री पौडेलले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरु सहभागि बैठकमा मुख्यमन्त्री पौडेलले डोजर लगाएर डाँडा भत्काउनु...