आइफा अवार्डका लागि सरकारले कुनै बजेट छुट्याएको छैन : मन्त्री बाँस्कोटा

काठमाडौं, १६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) का लागि सरकारले कुनै बजेट नछुट्याएको बताएका छन् । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । उनले नेपालमा कार्यक्रम  गर्न भन्दै स्थान मागेकोले स्थान मात्रै उपलब्ध गराइएको बताएका छन् । आइफा नेपालमा आयोजना गर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने समेत उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले कार्यक्रममा बोल्ने क्रममा मिडिया र सञ्चारकर्मीको कडा आलोचना गरेका थिए ।  ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड...