नेपाल आर्थिक पत्रकार समाज (सेजन) काे निर्वाचित नयाँ कार्यसमिति

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । भिम गौतमको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो। शनिबार सम्पन्न साधारणसभाले अध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेललाई चयन गरेको छ । यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् । हिजोको निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गरेका हुन । २३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरे । सेजनका नयाँ अध्यक्ष गौतम कारोबार दैनिकमा कार्यरत छन् ।...