प्रदेश ३ का विस्थापितलाई राहत रकम उपलब्ध गराउने
हेटौंडा । ३ नम्बर प्रदेश विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुवान लगायतका घटनामा परि विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका बाढी, पहिरो तथा डुवानमा परेर विस्थापित भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । अबिरल वर्षका कारण आएको बाढी, पहिरो, डुवान लगायतको घटनामा परि खाद्यान्न, लत्ताकपडालगायत घर पुर्ण रुपमा नष्ट भएका वा पुर्ण नष्ट नभए तापनि संभावित खतराबाट जोगीन अन्यत्र सर्नु पर्ने वा विस्थापित भई सुरक्षित स्थानमा नयाँ आश्रय स्थल निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई प्रति परिवार १ लाखका...



















