हेटौंडा उपमहानगरपालिकाद्वारा एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठक एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको बिभीन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट ल्याइएको छ । त्यसैगरी संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने छ । कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका...