भ्याट नियममा परिवर्तन : क्रेता र विक्रेताले आधा–आधा तिर्नुपर्ने

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीमा विक्रेतालाई असर पर्ने गरी संशोधन गरेको छ । भ्यटको २१ औं संशोधित नियमअनुसार विक्रेताले अब ७ प्रतिशत भ्याट रकम असुरी गर्न पाउने भएका छन् । पहिलेको नियममा १ सय रुपैयाँको सामान खरिद गर्दा क्रेताले १३ रुपैयाँ भ्यट बुझाउनुपथ्र्याे । विक्रेताले सो १३ रुपैयाँ भ्याटबराबरको सम्पूर्ण रकम समायोजनका लागि दबी गर्न सक्ने प्रावधान थियो । तर, नयाँ नियमअनुसार अब भ्याटमा दर्ता भएको व्यक्ति वा संस्थाले सामान खरिद गर्दा विक्रेतालाई तिर्नुपर्ने भ्याटको ५० प्रतिशत रकममात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम आन्तरिक राजस्व कार्यालयमा सोझै दाखिला गर्नुपर्ने भएको छ । यसलाई...