प्रचण्ड र राजेश हमालबीच भेटबार्ता
काठमाडौं। अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आज शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा करिब आधा घण्टा भेट भएको हो। भेटको अवसर नेकपा माओावदीको भातृसंगठन जनसांस्कृतिक संघका संयोजक समेत रहेका सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन्। भेटमा समसामयिक देशको राजनीतिक र फिल्म उद्योगको विषयमा छलफल भएको चेतन सापकोटाले बताए।