बागमती प्रदेशसभा सचिवालयद्वारा सर्बदलिय बैठक आह्वान
हेटौंडा । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक आह्वान गरिएको छ । सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरुलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य भएका छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार भई नुवाकोटबाट विजयी भएका हुन् । बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको...



















