केन्द्रिय गठबन्धनले हेटाैँडाकाे निर्णय पुनरावलाेकन गर्ने कि !
हेटाैँडा । केन्द्रमा बनेकाे पाँचदलीय सत्ता गठबन्धनलाई तल्लाे तहसम्म ल्याइपुर्याउँदा साेचेजस्ताे निर्वाचन परिणाम आउँछ त भन्ने बारे यतिबेला देशैभर बहस चलिरहेकाे छ । एकातिर संसद बिघटन गरेर तानाशाही प्रबृत्ति देखाएर जनताकाे याेगदान र बलिदानबाट प्राप्त व्यवस्थालाई नै धरासायी बनाउने प्रतिगगनकाे रुपमा रहेकाे नेकपा एमालेलाई निर्वाचनमा पारजित गराएर साइजमा ल्याउनु पर्ने चुनाैती गठबन्धनलाई रहेकाे छ भने अर्काैतिर भागबण्डालाई मिलान गर्दा प्रतिष्ठित व्यक्तित्वकाे प्रभाव भएकाहरु छाँयामा परेर दलले अघि सारेका व्यक्तिहरु मात्र उम्मेदवार बन्ने हुँदा गठबन्धनमा चुनावी रणनीतिलाई बिजयी परिणाम निकाल्ने बनाउन कम्ता चुनाैती छैन । यतिखेर नेकपा एकिकृत समाजवादीका नेताहरु मेयरका लागि अति नै याेग्य र परिवक्व...



















