राष्ट्रिय सहमति : वर्तमान समस्याको समाधान

बलियो राष्ट्रिय एकता कायम गरेको समावेशी प्रकृतिको सरकारले मात्रै भारत लगायतसँग सीमा आदि जुन समस्या छन्, तिनलाई हल गरेर यस क्षेत्रमा दिगो शान्ति र समृद्धि ल्याउन सक्छ  सर्वोच्च अदालतको फैसलापछि संसद् विघटनपछिको गम्भीर राजनीतिक संकट तत्काललाई टरेको छ । तर पनि देशको राजनीतिका संरचनात्मक समस्याहरू ज्युँका त्युँ छन् । यसलाई हामीले ठीक ढंगले बेलैमा समाधान गरेनौं भने आगामी दिनहरूमा पनि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई फेरि संकटतर्फ धकेल्ने अहिलेकै जस्तो प्रयास हुन सक्छ । त्यसैले सर्वोच्च अदालतको फैसलापछि प्राप्त अवसरलाई फेरि पुरानै ढंगले संसदीय गणितमा सीमित राख्ने, खरिद–बिक्री गर्ने, सरकार बनाउने र केही व्यक्तिका महत्त्वाकांक्षालाई पूरा गर्ने ढंगले मात्रै...