यसरी व्यस्त राखौँ लकडाउनका बालबालिका
काठमाडौं । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले चैत ११ देखिको लकडाउन लम्ब्याएर आगामी वैशाख ३ गतेसम्म पुर्याएको छ । लकडाउनमा घरबाहिर निस्किन नपाइने भएपछि स्कूले बालबालिका कोठाभित्रै बस्न बाध्य छन् । लामो समय कोठाभित्र बस्दा उनीहरूको मानसिकतामा कस्तो असर पर्छ ? बाल मनोचिकित्सक डा. जया रेग्मीका अनुसार यस्तो अवस्थाले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्छ । धेरै जनाले बालबालिकाको दिनचार्य कसरी सहज बनाउन सकिन्छ भनेर आफूलाई सोध्ने गरेको डा. रेग्मी बताइन् । ‘मलाई आफन्तहरूले पनि सोधनुहुन्छ, बालबालिकाको दिन सहज बनाउन के गर्ने भनेर,’ डा. रेग्मीले भनिन्, ‘बालबालिकाको रुटिङ बनाएर सक्रिय बनाउन सुझाव दिने गरेको छु ।’...