आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो: इप्पान अध्यक्ष डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान)का अध्यक्ष मोहन डाँगीले पुँजी बजारमा जलविद्युत आयोजनाहरूको साधारण सेयर (आइपीओ) र हकप्रद शेयर निष्कासन प्रक्रिया रोकिनुलाई निजी क्षेत्रमाथि गरिएको ‘अपराध’ को संज्ञा दिएका थिए । नेपालको कुल विद्युत् उत्पादनमा निजी क्षेत्रले करिब ३ हजार ५०० मेगावाट योगदान पुर्‍याइसकेको अवस्थामा नेपाल धितो पत्र बोर्डको नेतृत्वले पुँजी प्रवाह रोक्दा निर्माणाधीन आयोजनाहरू चरम आर्थिक संकटमा परेको उनले बताए । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि वन मन्त्रालयको जटिल नीति र प्रशासनिक झमेलाका कारण कार्यान्वयनमा चुनौती देखिएको डाँगीको तर्क छ । उनले विद्युत् खरिद सम्झौता...