चिसो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ?
यो चिसो मौसम बढेसँगै बालबालिकामा धेरै स्वास्थ्य समस्या देखा पर्न थालेको छन्। पछिल्लो समय बालबालिकामा कोल्ड डायरिया धेरै हुने गरेको छ। चिसो मौसममा देखिने झाडापखालाको समस्यालाई कोल्ड डायरिया भनिन्छ। चिसोमा हुने कोल्ड डायरिया रोटा भाइरसको सङ्क्रमणले हुन्छ। चिसो मौसममा विभिन्न भाइरस जस्तै रोटा भाइरस धेरै सक्रिय हुनेगर्छ। भाइरसको संक्रमण भयो भने बालबालिकामा रुघाखोकी लाग्ने र डायरिया हुनेगर्छ। कतिलाई वान्ता हुने र तारन्तार पखाला लागिरहनेसमेत हुन्छ। कोल्ड डायरियालाई भाइरल डायरिया पनि भन्ने गरिन्छ। यसै विषयमा आधारित भएर खबरहबका लागि वरिष्ठ बाल रोग विशेषज्ञ डा. उमा गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश : चिसो मौसममा बालबालिकामा कोल्ड डायरिया हुने समस्यालाई हामीले कसरी...