बाढी पहिरोले पाकिस्तान संकटमा, १ हजार जनाको मृत्यु
इस्लामावाद। पाकिस्तानको जनजीवन बाढी पहिरोले क्षत विक्षत बनाएको छ । जुन महिना यता मात्रै पाकिस्तानमा बाढी र पहिरोमा परेर १ हजार जना भन्दा धेरैको ज्यान गएको छ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि विपद्को परिमाण सोचेभन्दा ठूलो भएको बताएका छन्। उनले अगस्टको औसत झण्डै आठ गुणा वर्षा भएको पनि जानकारी दिए । उनले बाढी पहिरोको क्षति निकै ठूलो भएको भन्दै अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको बीबीसीले जनाएको छ। बाढीले जुनदेखि पाकिस्तानभर १ हजार मानिसको ज्यान लिइसकेको छ, हजारौं विस्थापित भएका छन् र लाखौं बढी प्रभावित भएका छन्। पाकिस्तानमा बाढी आउनु सामान्य कुरा होइन...



















