भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त
काठमाण्डाैँ । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मालाई आइतवार भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शर्माको एग्रिमो नयाँ दिल्लीले चैत २ मा पठाएको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ११ गते शर्मासहित तीन देशका लागि राजदूत सिफारिस गरेको थियो। अमेरिका र बेलायतबाट एग्रिमो आइसकेर ती दुवै देशमा नेपाली राजदूतहरुले कार्यभार सम्हालिसकेका छन्। अमेरिका र बेलायतका लागि क्रमश: श्रीधर खत्री र ज्ञानचन्द्र आचार्य नियुक्त भइसकेका छन्। भारतका लागि राजदूतमा...



















