जापान रोजगारमा जानका लागि अक्टोबरमामा भाषा परीक्षा
काठमाडौँ । जापान रोजगारका लागि आउँदो अक्टोबर २७ र २८ मा भाषा परीक्षा हुने भएको छ । पहिलो चरणमा केयर गिभरका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । किनकी, जापानले पहिलो चरणमा केयर गिभर लैजाने छ । भाषा परीक्षापछि सीप परीक्षा हुनेछ । सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ । भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् । सीप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् । परीक्षाको मिति तोकिएपनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा केयर गिभरका लागि कति जनशक्ति लैजाने जस्ता...



















