मोदीलाई संवादबाट नै विवाद सुल्झाउन इमरानकाे सुझाव

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । शुक्रबार लेखेको पत्रमा कश्मिरलगायत सबै विवादलाई संवादमार्फत् हल गर्न आग्रह गरिएको छ । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार, केही समयमै हुन लागेको शांघाई कर्पोरेशन अर्गनाइजेशन (एनसिओ) समिटको क्रममा इमरान र मोदीबीच द्विपक्षीय वार्तालाई यो पत्रले सहज बनाउने अनुमान गरिएको छ । जुन १३-१४ मा हुने समिट किर्गिस्तानको राजधानी बिश्केकमा हुनेछ । इमरान दक्षिण एसियामा शान्ति, सद्भावना र गरिबीसँग लड्नका लागि दुई देशबीचको विवाद मिलाउन चाहन्छन् । एससीओ समिटमा मोदी र इमरानबीचको द्विपक्षीय वार्ताको खबरलाई भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले अस्वीकार गरिसकेका छन् ।...