अन्धाधुन्ध गोली चल्दा ११ मारिए

एजेन्सी  । अमेरिकाको भर्जिनिया स्थित सिटी भवनमा अन्धाधुन्ध गोली चल्दा ११ मारिएका छन् । एकजना रुष्ट कामदारले गोली चलाएको भर्जिनिया सरकारी स्रोतलाई उद्धृत गर्दै सिएनएनले खबर लेखेको छ । गाेली चल्कदा कम्तिमा ६ जना अस्पताल भर्ना भएका छन् । आक्रमणकारी प्रहरीसँगको भिडन्तमा मारिएका छन् । अहिलेसम्म आक्रमणकारीको पहिचान भने खुल्न सकेको छैन । यो घटना शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेपछि भएको हो । सार्वजनिक सेवामा कार्यरत ती आक्रमणकारीको आक्रमणको घटनालाई भर्जिनिया बीचकै इतिहासमा सबैभन्दा भयंकर दिनको रुपमा स्थानीय अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । मेयर बबी डायर भन्छन्, ‘घटनामा ज्यान गुमाउनेहरु हाम्रा मित्र, सहकर्मी, छिमेकी र...